(नियम २६ को उपनियम (३) सँग सम्बन्धित)
असक्षमताको प्रतिशत निर्धारण
क्र.सं. चोटपटकको विवरण अशक्तताको प्रतिशतमा
- दुर्इवटा अवयवको क्षति १००
- दुवै हात वा हत्केला समेत सबै औंलाहरुको क्षति १००
- दृष्टि पुरै क्षति भएमा १००
- पूर्ण पक्षाघात १००
- चोटपटकको कारणबाट स्थायी रुपमा थलापरेमा १००
- एक आँखे व्यक्तिको अर्को आँखा पनि क्षति भएमा १००
- एक मात्र बाहु भएको व्यक्तिको अर्को बाहु पनि क्षति भएमा १००
- एउटा मात्र गोडा भएको व्यक्तिको अर्को गोडा पनि क्षति भएमा १००
- एक हात तथा एक खुट्टाको क्षति भएमा १००
- कुनै अरु चोटपटकको कारणबाट स्थायी र पूर्ण अशक्तता भएमा १००
- पूर्ण रुपले बहिरो भएमा ७०
कुनै एक बाहुको विच्छेदन भएको अवस्था
- स्कन्ध–सन्धिको विच्छेदन ८०
- काँध र कुहिनाबीचबाट बाहु विच्छेदन भएमा ७०
- कुहिनाबाट बाहुको क्षति भएमा ७०
- कुहिना वा नाडीको बिचबाट बाहुको क्षति भएमा ७०
- नाडीबाट हातको क्षति भएमा ६०
- एउटा हातका चारै औंला तथा बुढी औंला समेत क्षति भएमा ६०
- एउटा हातको बुढी औंला बाहेक अरु चारैवटा औंलाहरुको क्षति भएमा ४०
- बुढी औंलाका दुईवटा पंक्ति–अस्थि क्षति भएमा ३०
- बुढी औंलाको एक पंक्ति अस्थि क्षति भएमा २०
- चोर औंलाका तीनवटै पंक्ति अस्थि क्षति भएमा १४
- चोर औंलाका दुईवटा पंक्ति अस्थि क्षति भएमा ११
- चोर औंलाका एकवटा पंक्ति अस्थि क्षति भएमा ९
- माझी औंलाका तीनवटै पंक्ति अस्थि क्षति भएमा १२
- माझी औंलाका दुईवटा पंक्ति अस्थि क्षति भएमा ९
- माझी औंलाका एकवटा पंक्ति अस्थि क्षति भएमा ७
- साहिली वा कान्छी औंलाका तीनवटै पंक्ति अस्थि क्षति भएमा ७
- साहिली वा कान्छी औंलाका दुईवटा पंक्ति अस्थि क्षति भएमा ६
- साहिली वा कान्छी औंलाका एकवटा पंक्ति अस्थि क्षति भएमा ५
- पहिलो वा दोश्रो करभ –अस्थिको थप क्षति भएमा ५
- तेश्रो चौथो वा पाचौं करभ–अस्थिको थप क्षति भएमा ४
कुनै एक वा दुवै गोडाहरुको विच्छेदन भएको अवस्था
- दुवै जंघा माझबाट विच्छेदन भएमा वा एकातिर जंघाको बीचबाट गोडा
विच्छेदन भै अर्को तिरको खुट्टाको क्षति भएमा वा दुवै घुँडा भन्दा मुनिबाट
अङ्ग विच्छेदन भएमा १००
- दुवै घुँडाको ५ ईन्च तलबाट गोडा विच्छेदन भएमा १००
- एक घुँडाको ५ ईन्च तलबाट गोडा विच्छेदन भै अर्को खुट्टाको क्षति भएमा १००
- दुवै खुट्टाको विच्छेदन भै टेक्न सक्ने ठुटा मात्र बांकी रहेमा १००
- दुवै खुट्टाको प्रपद र पंक्ति अस्थिबीचको सन्धिको माथिल्लो सानिध्यबाट
विच्छेदन भएमा ९०
- दुवै खुट्टाको प्रपद र पंक्ति अस्थिबीचको सन्धिबाट तल सबै औंलाहरु क्षति
भएमा ८०
- दुवै खुट्टाका सबै औंलाहरुको माथिल्लो अन्तर पंत्यास्थि सन्धिको माथिबाट
क्षति भएमा ४०
- दुवै खुट्टाका सबै औंलाहरुको माथिल्लो अन्तर पंत्यास्थि सन्धिबाट तल
पट्टि मात्र क्षति भएमा २०
- कटि–संन्धिको मध्यबाट विच्छेदन भएमा ९०
- कटिसन्धि भन्दा तल तर बाँकी तिघ्राको ठुटो ठूलो ट्रोक्यान्टर अस्थिबाट
५ ईन्च भन्दा छोटो रही विच्छेदन भएमा ८०
- कटि सन्धि भन्दा तल तर बाँकी तिघ्राको ठुटो ठूलो ट्रोक्यान्टर अस्थिबाट
५ ईन्चभन्दा बढी तर तिघ्राको माझभन्दा तल नपुग्दै बाँकी रहन गई गोडा
विच्छेदन भएमा ७०
- जंघाको माझबाट तलदेखि घुँडाबाट ३.५ ईन्च तलमा नबढाई यो बीचबाट
विच्छेदन भएमा ६०
- घुँडा भन्दा तल गोडा विच्छेदन भै ठुटो घुडाबाट ३.५ ईन्च देखि ५ ईन्च
को बीचको लम्बाईको रहन गएमा ५०
- घुँडा भन्दा तल गोडा विच्छेदन भै ठुटो घुँडाबाट तल ५ ईन्च भन्दा लामो
रहन गएमा ४०
- एउटा खुट्टाको पूर्ण विच्छेदन भै केवल टेक्न सक्ने ठूटो मात्र रहन गएमा ४०
- एउटा खुट्टाको मात्र प्रपद र पंक्ति अस्थिको सन्धिको माथिल्लो सानिध्यबाट
विच्छेदन भएमा ४०
- एउटा खुट्टाका सबै औंलाहरु अन्तर पत्यास्थि सन्धिको माथिल्लो
सानिध्यबाट वा प्रपद र पंक्ति अस्थिको सन्धिको माझबाट क्षति भएमा २०
- खुट्टाको बुढी औंलाका दुवै पंत्यास्थि क्षति भएमा १०
- खुट्टाको बुढी औंलाका एक पंत्यास्थि क्षति भएमा ५
- खुट्टाको बुढी औंलाका केही भाग मात्र तर हड्डी समेत क्षति भएमा ३
- खुट्टाको बुढी औंला बाहेक अरु कुनै औंलाको क्षति भएमा (प्रत्येकको) ३
- खुट्टाको बुढी औंला बाहेक अरु कुनै औंलाको एक भाग हड्डी मात्र
क्षति भएमा १
अन्य विशेष चोटपटकहरु
- एक आँखा सामान्य स्थितिमा रहँदा रहँदै अर्को आँखामा कुनै जटिलता
बेगर हुन गएको क्षतिमा ४०
- एक आँखाको दृष्टि ठीक हुँदा हुँदै अर्को आँखाको दृष्टि शक्ति आँखाको
गेडीको कुनै जटिलता वा विरुपता बेगर लोप हुन गएमा ३०
- एक कानको श्रवण शक्तिको क्षति भएमा २०
चोटपटक पश्चात् अवयव तथा सन्धिहरुमा उत्पन्न हुने पूर्ण–दृढता
- पृष्ठास्थि ३०
- स्कन्ध सन्धि ४०
- कुहिना ३०
- नाडी ३०
- माथिल्लो र तल्लो रेडियो अल्नर सन्धि ३०
- हातको बुढी औंला (पहिलो करभ (पंत्यास्थि सन्धि) ६३
- हातको बुढी औंला बाहेक अरु कुनै एक औंलाको एक सन्धि ३
- हातको बुढी औंला बाहेक अरु कुनै एक औंलाका सबै सन्धिहरु १०
- हातको बुढी औंला समेत सबै औंलाका सबै सन्धिहरु ४०
- कटि सन्धि ४०
- घुँडा १९
- गुल्फ सन्धि १९
- टेलस हड्डी मुनिका सन्धिहरु १९
- खुट्टाको बुढी औंला (पहिलो प्रपद–पंत्यास्थि सन्धि) १९
- खुट्टाको बुढी औंला बाहेक खुट्टाका अरु औंलाका सन्धिहरु १०
चोटपटक पश्चात हुने अवयवहरु वा शरीरको कुनै भाग मात्रको पक्षाघात
- मेरुदण्डको चोटपटकबाट हुने पूर्ण पक्षाघात १००
निम्न अङ्गको पूर्ण स्तम्भता
- भुजग स्नायु पुन्ज (वेर्कियल प्लेक्सस) ७०
- रेडियल स्नायु ५०
- मिडियनल स्नायु ४०
- अल्नर स्नायु ४०
- जंघा स्नायु (सियाटिक नर्व ) ७०
- भित्री पप्लिटियल स्नायु ४०
- बाहिरी पप्लिटियल स्नायु ३०
माथि उल्लेख नभएका अन्य अशक्तताको परिमाण यसै अनुसूचीमा परेका उस्तै प्रकारका
अवस्थालाई आधार मानी गरिनेछ ।
शब्दार्थ
१. डिग्री – परिमाण २. डिजेवलमेन्ट – अशक्तता ३. लिम्व – अवयव
४. लस – क्षति ५. साइट – दृष्टि ६. प्यारालिसिस – पक्षाघात, स्तम्भता
७. आर्म – बाहु ८. लेग – गोडा ९. फुट – खुट्टा
१०. एम्पुटेशन – विच्छेदन ११. सोल्डर ज्वाइन्ट – स्कन्ध–सन्धि
१२. याल्याङ्कस् – पंक्ति–अस्थि
१३. मेटाकार्पल – करभ–अस्थि
१४. स्टम्प – ठूटो
१५. मेटाटार्सोफेलोन्जियल ज्वाइन्ट – प्रपद र पंक्ति–अस्थिबीचको सन्धि
१६. मेटाकार्पोफेलोन्जियल ज्वाइन्ट – करभ–पंत्यास्थि सन्धि
१७. इन्टरफेलोन्जियल ज्वाइन्ट – अन्तर पंत्यास्थि सन्धि
१८. डिस्टल – तल्लो
१९. प्रेँक्सिमल – माथिल्लो
२०. एण्ड वियरिङ्ग – टेक्न सक्ने मात्र
२१. स्पाइन – पृष्ठास्थि
२२. एकल – गुल्फ सन्धि
२३. स्पाइनल कर्ड – मेरुदण्ड
२४. मिडियल – भित्री
२५. लेटरल – बाहिरी
२६. हिप ज्वाइन्ट – कटि सन्धि